Incident Reports

थाहा खबर: डडेल्धुरामा एक महिलाको शव फेला, हत्याको आशंका

2021-06-19

Sudurpashchim, Dadeldhura, Parashuram

परशुराम नगरपालिका–८ जमरानी आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत कार्यालय सहयोगी २६ वर्षीया अस्मितादेवी धामीकाे शव शनिबार हट्वानी सामुदायिक वनमा फेला परेको हो।उनी असार २ गते स्वास्थ्य सामग्री पुर्‍याउन जोगबुडा अस्पताल हिंडेकी बुझिएको छ। उनको शव वनमा बीभत्स ढंगले हत्या गरेको अवस्थामा शव फेला परेको स्थानीयले बताएका छन्।घरपरिवार तथा स्थानीयले खोजी गर्दा शनिबार अस्मिताको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले जानकारी दिए। प्रहरी घटनास्थलमा पुगिसकेको छ। स्थानीयले उनको हत्या गरिएको आशंका गरेका छन्। तर प्रहरीले भने पोष्टमार्टमपछि मात्रै हत्या वा अन्य कारणले मृत्यु भएको हो भन्ने खुल्ने जनाएको छ। जिल्ला प्रहरी कार्यालयबाट घटनाको थप अनुसन्धानका लागि प्रहरी निरीक्षक हर्ष चन्दको नेतृत्वको प्रहरी टोली पनि पठाइएको छ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments

Related Reports