Incident Reports

४० बर्षे महिला बलात्कृत l

2014-07-16

Gandaki, Myagdi, Raghuganga

एक ४० वर्षीया महिला ०७१ असार ३१ गते बलत्कार गरेको आरोपमा पाखापानी गाविस-९ लोकबहादुर शेरपुजालाई प्रहरीले असार ३२ गते घरबाट गिरफ्तार गरेको छ । सुतिरहेको अवस्थामा असार ३१ गते राती घरमा प्रवेशगरी शेरपुजाले बलत्कार गरेको भन्दै पीडित महिला बलात्कृत हुँदाको अवस्थामा लगाएको लुगा समेतका प्रमाण लिएर साउन ३२ गते प्रहरी चौकी पाखापानीमा पुगेकी थिईन । उनको सोही दिन जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । 'प्रारम्भिक अनुसन्धानमा आरोपितले आफ्नो पत्नीले दोस्रो विवाह गरी भागेको रिसमा पत्नीको आफन्तलाई बलत्कार गरेको देखिएको छ' प्रहरी नायव उपरीक्षक जनार्दन जिसीले भने, 'पीडित महिलाले बलत्कार भएपछि प्रमाण जोगाउन नुहाईधुवाई नगरी प्रयोगमा रहेका कपडासमेत लिएर आएकी थिईन ।'

0 Comments

Related Reports
Related Trend Analysis