Incident Reports

प्रहरी भन्छ- सल्यानमा खोलामा मृत भेटिएकी महिलाको घाँटी थिचेर हत्या :: Setopati

2021-06-15

Karnali, Salyan, Darma

सल्यानको दार्मा गाउँपालिका वडा नम्बर ५ गौतेकी ३० वर्षीया खिमा खड्काको घाँटी थिचेर हत्या भएको पोष्टमार्टम रिपोर्टले देखाएको छ।गत असार १ गते बिहान स्थानीय ठोलो खोलामा उनी मृत भेटिएकी थिइन्।आइतबार आएको पोष्टमार्टम रिपोर्टमा उनको घाँटी थिचेर हत्या भएको भन्ने देखिएको जिल्ला प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले बताए ‘पोष्टमार्टम रिपोर्टले खड्काको मृत्यु घाँटी थिचेर भएको सम्भावना देखाएको छ। अब हामी थप अनुसन्धानमा जुट्नुपर्ने भएको छ,’ उनले भने।

प्रहरीका अनुसार जेठ ३१ गते बेलुकादेखि खड्का सम्पर्कविहीन थिइन्।रोजगारीको सिलसिलामा आठ महिना अगाडिदेखि भारतको सिमला बस्दै आएका खड्काको श्रीमान् खिमबहादुर खड्का श्रीमतीको मृत्युको खबरपछि शुक्रबार घर आएका छन् ।

खड्काको परिवारले खिमाको बलात्कारपछि हत्या भएको दाबी गर्दै आएका छन्। बलात्कार भएको हो कि होइन भन्नेबारे रिपोर्ट आएपछि मात्रै भन्न मिल्ने थापाले बताए।परिवारका सदस्यले शनिबार जिल्ला अस्पताल खलंगाबाट खिमाको शव बुझेर अन्तिम संस्कार गरेका थिए। घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments

Related Reports