Incident Reports

कुटपिट घटनाका आरोपितविरूद्ध प्रहरीले उजुरी नलिएको पीडितको आरोप – इन्सेक

2021-06-12

Province 1, Morang, Katahari

कटहरी गाउँपालिका–२ का ५० वर्षीय सञ्जयकुमार करवाले कुटपिट घटनाका आरोपितविरूद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिँदा प्रहरीले उजुरी दर्ता नगरेको आरोप लगाउनु भएको छ ।

पीडितले कटहरी गाउँपालिका–३ का ६५ वर्षीय उचितलाल साह र छोरा ३५ वर्षीय अजय साहले जेठ ३० गते कुटपिट गरेपछि आफूले न्यायका लागि जिल्ला प्रहरी कार्यालयमा असार ३ गते आरोपितविरूद्ध उजुरी दिँदा प्रहरीले उजुरी दर्ता नगरेको बताउनु भयो ।

पीडितले पुरानो विषयलाई लिएर आरोपितले जेठ ३० गते कुटपिट गरेको बताउनु भयो । कुटपिटबाट करवाको टाउकोमा चोट लागेको छ ।

पीडितले सोही दिन गोल्डेन अस्पतालमा उपचार गरेको बताउनु भयो । आरोपितद्घयले टाउकोमा ढुङ्गा प्रहार गर्दा टाउकोमा गहिरो चोट लागेको र ६ ओटा टाँका लगाइएको पीडितले असार ६ गते पत्रकार सम्मेलनमा बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईले घटनाका विषयमा पीडित पक्षबाट उजुरी नआएको बताउनु भयो । उहाँले “उजुरी आएको खण्डमा प्रहरीले दर्ता नगर्ने भन्ने नै हुँदैन” इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा भन्नु भयो ।

पीडित सञ्जयकुमार करुवाले प्रहरीले उजुरी दर्ता गर्नुको सट्टा मिलापत्र गर्न दबाब दिएको पत्रकार सम्मेलनमा बताउनु भयो ।

आरोपितविरूद्ध प्रहरीले उजुरी नलिँदा आफू असुरक्षित भएको पीडित करवाको भनाइ छ ।

सुनसरी जिल्लामा रहेर मानव अधिकार अभिलेख र प्रसारको काम गर्दै आउनुभएका जयकृष्ण यादव २०७८ जेठ महिनाको उत्कृष्ट प्रतिनिधि घोषित हुनु भएको छ । उहाँ आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका सवालका साथै समसामयिक मानव अधिकारका समाचार लेख्न रुची राख्नु हुन्छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Total Abducted 00
INSEC

0 Comments

Related Reports