Incident Reports

दिदीबहिनीमाथि बलात्कार

2021-06-20

Lumbini, Dang, Lamahi, Ward 7

दाङ — लमहीमा आइतबार राति दुई जनामाथि सामूहिक बलात्कार भएको छ । हतियारधारी समूहले टिपर चालकलाई कुटपिट गरी उनकी पत्नी र दिदी सासूलाई बलात्कार गरेको हो ।

लमही नगरपालिका–७ कमानपुरस्थित जंगलको बाटोमा टिप्पर रोकी चालकलाई रूखमा बाँधेर श्रीमतीका दिदीबहिनीमाथि जबर्जस्ती करणी भएको वडा प्रहरी कार्यालय, लमहीले जनाएको छ ।हतियारसहित आएका तीन युवकले ४५ हजार रुपैयाँ र कानमा लगाएका गरगहना पनि लुटेको पीडित पक्षलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको आशंकामा वडा प्रहरी कार्यालय लमहीले एक युवकलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरीप्रमुख एसपी गणेश चन्दले बताए ।

...

घटना आइतबार राति दश बजेपछिको हो।रोल्पाबाट दाङको लमही ७ स्थित सम्राट सिमेन्ट उद्योगमा चुन ढुंगा छोडेर फर्किंदै गरेको टिपरलाई ओभरटेक गरी एउटै मोटरसाइकलमा सवार तीन जनाले उनीहरूलाई जंगलको बीचमै बन्धक बनाएका थिए। सुरूमा अगाडिबाट बाटो छेकेर ट्रकको सिसा फुटाइदिएछन्,’ प्रहरी निरीक्षक पौडेलले भने, ‘त्यसपछि चालक र सहचालकलाई तरवार देखाउँदै रूखमा लगेर गाडीकै नाइनलको डोरीले बाँधेर दुई जना महिलामाथि जबरजस्ती बलात्कार गरेको देखिन आएको छ।’सुरूमा अन्दाजी २९ वर्ष जतिका चालक र २४ वर्ष जतिका सहचालकलाई रूखमा बाँधेपछि चालककी २७ वर्षीया श्रीमती र २० वर्षीया सालीलाई जंगलमा लगेर बलात्कार गरेको पीडितको जाहेरीमा उल्लेख छ।उनीहरूले झण्डै पौने एक घण्टापछि डोरी फुकाउन सफल भएका थिए। प्रहरी निरीक्षक पौडेलका अनुसार त्यसपछि डरले सहचालक रूखको टुप्पोमा बसेर रात बिताएका थिए। तर, चालक भने पैदल हिँडेर सशस्त्र प्रहरीको क्याम्पमा सोमबार बिहान साढे २ बजेतिर पुगेपछि घटनाबारे प्रहरीले सूचना पाएको थियो। लगत्तै सशस्त्र प्रहरी र प्रहरी अपहरण गरी बेपत्ता पारिएका दुई महिलाको खोजीमा निस्किएका थिए।खोजी गर्ने क्रममा बिहान ५ बजेतिर मात्रै उनीहरू फेला परेको प्रहरी निरीक्षक पौडेलले बताए। उनीहरूबाट ती समूहले ५५ देखि ६० हजार नगद र दुई महिलाको झन्डै ४०/५० हजार जतिको सुनको गरगहना पनि लुटेर लगेको प्रहरीले जनाएको छ।घटनामा संलग्न रहेको आशंकामा सोमबार बिहान साढे ५ बजेतिर लमही ७ कमानपुरका २१ वर्षीय किरण बुढालाई प्रहरीले पक्राउ गरेको छ।प्रहरी स्रोतका अनुसार सोही ठाउँका अन्दाजी २० वर्षीय प्रेम परियार र लमही ६ देउपुरका सोही उमेरका अजुर्न चौधरी फरार छन्।वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक पौडेलले पक्राउ परेकाविरूद्ध जबरजस्ती करणी, अपहरण तथा शरीर बन्धक र डकैती गरी तीन वटा शीर्षकमा मुद्दा चलाउने तयारी गरेको जानकारी दिए।घटनास्थल एकलाश ठाउँमा छ। पूर्वपश्चिम राजमार्गदेखि सम्राट सिमेन्ट उद्योग जान जंगलको बाटो भएर जानुपर्ने हुन्छ। 

..

अपहरण, चोरी र बलात्कार घटनाका आरोपी पक्राउ

उक्त घटनामा संलग्नको आरोपमा प्रहरीले लमही नगरपालिका–७ कमानपुरका १८ वर्षका किरण बुढा, वडा नं ६ देउपुर बस्ने २१ वर्षका अरविन्द चौधरीलाई पक्राउ गरेको छ ।

त्यस्तै कमानपुरका २१ वर्षका प्रेमबहादुर दमाइ भने फरार रहेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Secondary Form Robbery
Weapons Unclear
Primary Cause Rape/sexual assault
Secondary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 4
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 2
Female Raped 2
Youth Raped 2
Total Abducted 4
Female Abducted 2
Youth Abducted 3
National/Online Media

0 Comments