Incident Reports

बाटो विवादमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमाथि हातपात

2021-06-17

Province 1, Morang, Jahada

विराटनगर / बाटो विस्तारको विवादमा मोरङको जहदा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष माथि स्थानीय एक युवकले हातपात गरेका छन् । सडक विस्तारको विषयमा विवाद हुँदा गाउँपालिका अध्यक्ष कैलाशप्रसाद मण्डल र उपाध्यक्ष शालो शाहमाथि हातपात भएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईका अनुसार जहदा गाउँपालिका– ५ का २९ वर्षीय मदन भनिने माक्स कुमारले हातपातको प्रयास गरेका हुन् । हातपातको प्रयासपछि प्रहरीले उनलाई पक्राउ गरेको छ ।

असार २ गते आक्रमण भएको उजुरी परेपछि असार ३ गते पक्राउ परेका युवकमाथि अभद्र व्यवहार मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको उनले बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments

Related Reports