Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-06-09

Bagmati, Lalitpur, Lalitpur, Ward 23

२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा रामेछाप जिल्ला, खाँडादेवी गाउँपालिका–१, घर भई ललितपुर महानगरपालिका–२३, धापाखेल बस्ने १९ वर्षीय अनुस माझीलाई उनकै निवासबाटै प्रहरीले ०७८ असार ६ गते गिरफ्तार गरेको छ ।पीडित महिलालाई ०७८ जेठ २६ गते राती आरोपित माझीले डरत्रास देखाई पीडितको डेरामा बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ २७ गते महानगरीय प्रहरी वृत्त सातदोबाटोमा उजुरी दिएको थियो ।

आरोपितलाई असार ६ गते नै ललितपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखि अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर जावलाखेलका एसपी प्रज्वल महर्जनले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण असार ६ गते पाटन अस्पतालमा भयो ।

सुनसरी जिल्लामा रहेर मानव अधिकार अभिलेख र प्रसारको काम गर्दै आउनुभएका जयकृष्ण यादव २०७८ जेठ महिनाको उत्कृष्ट प्रतिनिधि घोषित हुनु भएको छ । उहाँ आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका सवालका साथै समसामयिक मानव अधिकारका समाचार लेख्न रुची राख्नु हुन्छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments