Incident Reports

दक्षिणकालीमा महिलाको शव भेटियो, हत्याको आशंका – Online Khabar

2021-06-22

Bagmati, Kathmandu, Dakshinkali

८ असार, काठमाडौं । दक्षिणकालीमा एक जना महिलाको शव विभत्स अवस्थामा भेटिएको छ ।अनुहार नचिनिने गरी गह्रुंगो वस्तुले किच्याएको अवस्थामा शव भेटिएको उपत्यका अपराध अनुसन्धान महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले अनलाइनखबरलाई बताए ।प्रहरीले घटनास्थलमा फेरेन्सिक डाक्टर र तालिम प्राप्त कुकुरलाई पनि बोलाएको छ ।शव अन्दाजी ३०/३५ वर्षको महिलाको भएको प्रहरीको भनाइ छ । सनाखत भने भइसकेको छैन ।यसअघि २५ जेठमा बौद्धको टाउन प्लानिङ वयस्क व्यक्तिको खुट्टा भेटिएको थियो । हालसम्म त्यो खुट्टा कसको हो भन्ने खुलेको छैन ।

..

यौन प्रस्ताव अस्वीकार गर्दा सन्तोषीको हत्या

यौन प्रस्ताव अस्वीकार गर्दा सन्तोषी सुब्बाको हत्या भएको प्रहरीले दाबी गरेको छ ।दक्षिणकाली काठमाडौ चल्ने सार्वजनिक बसमा सहचालकको काम गर्दै आएका सिन्धुपालोकका सुरेश तिमिल्सिनालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।असार ५ गते फर्पिङ पुगेकी सुब्बा र तिमिल्सिनाबीच होटलमा भेट भएपछि खाना खाने क्रममा चिनजान भएपछि एकअपासमा यौन सम्पर्क गर्ने सहमति भएपछि दक्षिणकाली मन्दिर परिसरमा गएको र दुई जनाबीच यौन सम्पर्क गर्ने विषयमा खटपट भएपछि तिमिल्सिनाले हत्या गरेको महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक चन्द्रकुवेर खापुङले जानकारी दिनुभयो ।

दुवै जनाबीच यौन सम्पर्क गर्ने विषयमा शुरूमा सहमति भए पनि शौचालयमा पुगेपछि सुब्बाले आनाकानी गरेपछि तिमिल्सिनाले आवेशमा आएर हत्या गरेको प्रहरीले जानकारी दिएको छ । शौचालय पुगेपछि सुब्बाले आफू यौन सम्पर्क गर्न अनिच्छुक भएको बताएपछि लामो समयसम्म विवाद भएपछि तिमिल्सिनाले आवेगमा आएर शुरूमा ढुंगाले टाउकोमा हिर्काएका थिए ।घाइते भएकी सुब्बा चिच्याउन थालेपछि उनले लगाएको सलले घाँटी कसेर हत्या गरेपछि अनुहारमा ढुंगाले हानेर क्षतविक्षत बनाएका थिए उनी सुब्बाको हत्यापछि फर्पिङ बसपार्क आएर मोटरसाइकल चढेर काठमाडौंतर्फ भागेका थिए ।

दक्षिणकाली नगरपालिका–७ दक्षिणकाली मन्दिर परिसरको पिकनिक स्थलमा रहेको सार्वजनिक शौचालयमा अनुहारको भाग क्षतविक्षत रहेको अवस्थामा शव फेला परेको थियो । घटनाको अनुसन्धानमा खटिएको प्रहरी टोलीले उनलाई लुकीछिपी बसेको अवस्थामा काठमाडौं महानगरपालिका–२७ कमलाक्षीबाट पक्राउ गरेको हो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Other
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments