Incident Reports

बिहेबाट फर्किँदा कोठामा अर्का पुरूष देखेपछि तीन जना मिलेर कपिलवस्तुमा एक व्यक्तिको हत्या :: Setopati

2021-06-18

Lumbini, Kapilbastu, Kapilbastu, Ward 8

हत्या गरेको आरोपमा कपिलवस्तुबाट तीन जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका-८ बेलौहवाका ३२ वर्षीय रमेश काहार, २३ वर्षीय अनिल काहार र २२ वर्षीया बास्मती काहार छन्। बास्मती अनिलकी श्रीमती हुन् भने रमेश अनिलका दाजु हुन्।कपिलवस्तु प्रहरीका अनुसार सोही ठाउँका १८ वर्षीय विजयबहादुर कुर्मीको हत्या अभियोगमा उनीहरूलाई पक्राउ गरिएको हो।

कपिलवस्तु प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीका अनुसार कुर्मीको असार ७ गते कुर्मीको लाश फेला परेको थियो। सोही ठाउँको एउटा पोखरीमा कुर्मीको लाश फेला परेपछि प्रहरी अनुसन्धानमा लागेको थियो।अनुसन्धान गर्दै जाँदा उनको असार ४ गते बिहान राति हत्या भएको खुलेको छ।असार ३ गते अनिल काहारको छिमेकीको बिहे थियो। त्यो बिहेमा अनिल गएका थिए।

बिहेमा सहभागी भएर आफ्नो घर फर्किँदा अनिल काहारले कुर्मीलाई आफ्नो कोठामा देखेका थिए। कुर्मीसँगै उनकी श्रीमती बास्मती पनि थिइन्।श्रीमतीलाई अर्को पुरूषसँग भेटेपछि अनिलसहित उनका दाजु र श्रीमती बास्मतीले कुटपिट गरी मारेर पोखरीमा फालिदिएका थिए।‘हत्याको कारण अनिलकी श्रीमती बास्मतिसँग कुर्मीको अनैतिक सम्बन्ध देखिएको छ,’ भण्डारीले भने।

भण्डारीका अनुसार कुर्मीलाई उनीहरूले सुरूमा घाँटीमामा लगाएको मोटो धागोको मालाले कसेका थिए।घाँटी कसेसँगै उनीहरूले कुटपिट गरेका थिए। मृत्यु भएपछि नजिकको पोखरीमा लगेर फालेका थिए।प्रहरी नायब उपरीक्षक भण्डारीका अनुसार हत्यामा संलग्न तिनै जनालाई कर्तव्य ज्यानमुद्दामा हिरासतमा लिई अनुसन्धान थालिएको छ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Other
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments

Related Reports