Incident Reports

थाहा खबर: प्रभु साह प्रमुख अतिथि बनेको नगरसभामा झडप

2021-06-24

Madhes, Rautahat, Maulapur

काठमाडौं : रौतहटको मौलापुर नगरपालिकाको नगरसभामा दुई पक्षबीच झडप भएको छ। बिहीबारको पाँचौं नगरसभालाई विथोल्न विपक्षी समूहले ढुंगामुडा गरेपछि प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको छ।

नगरसभामा नेकपा माओवादी परित्याग गरेर हालै एमाले बनेका पूर्व मन्त्री प्रभु साह प्रमुख अतिथि थिए। सो नगरपालिका की प्रमुख रीनाकुमारी साह प्रभु साहकी श्रीमती हुन्।प्रभु साह र अन्य दलका कार्यकर्ताबीच नगरसभा चलिरहेकै बेला झडप भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए।साह पक्षका कार्यकर्तासँग नेकपा माओवादी केन्द्र, नेकपा एमाले माधव पक्ष, नेपाली कांग्रेस र जसपा कार्यकर्ताबीच झडप भएको हो। बाहिरका मान्छेलाई मौला बजार समेत आउन रोक लगाएर नगरसभा गर्न खोज्दा झडप भएको स्थानीयले बताएका छन्।स्थिति नियन्त्रणमा प्रहरीले करिब ५० राउण्ड बढी आश्रुग्यास प्रहार गरेको छ। झडपमा सात जना घाइते भएको र एकजनाको अवस्था गम्भीर छ। नगर प्रमुख रीनाकुमारी र उपमेयर गौरीशंकरप्रसाद जयसवाललाई माओवादी छोडेर एमालेमा प्रवेश गरेको भन्दै माओवादीले हालै कारबाही गरेको थियो।

नगरसभामा नेकपा माओवादी परित्याग गरेर हालै एमाले बनेका पूर्व मन्त्री प्रभु साह प्रमुख अतिथि थिए। सो नगरपालिका की प्रमुख रीनाकुमारी साह प्रभु साहकी श्रीमती हुन्।

प्रभु साह र अन्य दलका कार्यकर्ताबीच नगरसभा चलिरहेकै बेला झडप भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए।

साह पक्षका कार्यकर्तासँग नेकपा माओवादी केन्द्र, नेकपा एमाले माधव पक्ष, नेपाली कांग्रेस र जसपा कार्यकर्ताबीच झडप भएको हो। बाहिरका मान्छेलाई मौला बजार समेत आउन रोक लगाएर नगरसभा गर्न खोज्दा झडप भएको स्थानीयले बताएका छन्।

स्थिति नियन्त्रणमा प्रहरीले करिब ५० राउण्ड बढी आश्रुग्यास प्रहार गरेको छ। झडपमा सात जना घाइते भएको र एकजनाको अवस्था गम्भीर छ। नगर प्रमुख रीनाकुमारी र उपमेयर गौरीशंकरप्रसाद जयसवाललाई माओवादी छोडेर एमालेमा प्रवेश गरेको भन्दै माओवादीले हालै कारबाही गरेको थियो।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Blunt weapon
Primary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people 50
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 50
Actor 2 - Affiliation Nepali Congress and affiliated org NCP (Nepal Communist Party) and Affiliates
Actor 2 - Youth unknown
Total Injured 19
National/Online Media

0 Comments