Incident Reports

प्रतिनिधिसभा विघटनविरूद्ध पाँच दलीय विद्यार्थीको संयुक्त प्रदर्शन [तस्बिरहरू]- फोटोफिचर - कान्तिपुर समाचार

2021-06-24

Bagmati, Kathmandu, Kathmandu

काठमाडौँ — पाँच विद्यार्थी संगठनले संयुक्त रूपमा प्रतिनिधिसभा विघटनविरूद्ध प्रदर्शनीमार्गमा बिहीबार प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा सहभागीहरूले 'असंवैधानिक कु खारेज गर, विधिको शासन लागू गर ।', 'प्रतिगमन नाइके केपी ओली मुर्दावाद', 'ए प्रतिगमनका बा अब त अति भो राष्ट्रलाई क्षति भो', 'कोभिड–१९ खोपको तत्काल व्यवस्था गर ।' लगायतका विभिन्न नारा लेखिएका प्लेकार्डसहित प्रस्तुत भएका थिए । अनेरास्ववियुका केन्द्रीय अध्यक्ष सुदेश पराजुलीले प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदम नरोकिँदासम्म र बालुवाटारबाट बिदा नभएसम्म देशव्यापीरुपमा आन्दोलन जारी रहने बताए ।

...

सरकारविरुद्ध पाँच विद्यार्थी संगठनको प्रदर्शन (फोटोफिचर)

विपक्षी गठबन्धनका विद्यार्थी संगठनले संसद् पुनस्र्थापना र पेट्रोलियम पद्धार्थमा गरिएको मूल्यवृद्धि फिर्ताको माग गर्दै प्रदर्शन गरेका छन् । बिहीबार विपक्षी गठबन्धनका भ्रातृ विद्यार्थी संगठनहरू नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौँले विघटित प्रतिनिधिसभाको पुनस्र्थापना, प्रधानमन्त्री केपी ओलीको राजीनामा र पेट्रोलियम पद्धार्थमा गरिएको मूल्यवृद्धि फिर्ताको माग गर्दै विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनीमार्गमा जम्मा भएर प्रदर्शनमा उत्रिएका विद्यार्थीले सरकारका विरुद्धमा नाराबाजी गरेका थिए । माग पूरा नहुञ्जेलसम्म आन्दोलनका अन्य कार्यक्रम पनि घोषणा गर्ने विद्यार्थी संगठनहरूले जनाएका छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Secondary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org , UML and affiliated org , CPN (Maoist Center) and affiliated org , Other/multiple/unspecified political affiliation
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments