Incident Reports

१६ वर्षीया किशाेरीलाई जंगलमा बोलाएर जबरजस्ती करणी गर्ने युवक पक्राउ

2021-06-25

Province 1, Khotang, Rupakot Majhuwagadhi, Ward 5

खोटाङ ।खोटाङमा एक १६ वर्षीया किशाेरीलाई जंगलमा बोलाएर जबरजस्ती करणी गर्ने एक युवक पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका- ६ नेर्पाका ३१ वर्षीय अरुण राई पक्राउ परेका हुन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– ५ लफ्याङकी एक किशाेरीलाई ललाईफकाइ गरी उनले बुधबार बेलुकी रातको ९ बजेको समयमा नजिकैको जंगलमा लगेर जवरजस्ती करणी गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक अमरप्रसाद गजमेरले बताउनुभयो ।

पीडित किशाेरीले आफूमाथि राईले जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको र सोही उजुरीको आधारमा पीडकलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता एवम् प्रहरी निरीक्षक सागर साहले बताउनुभयो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments