Incident Reports

जनप्रतिनिधिद्वारा पत्रकारमाथि दुर्व्यवहार, कारवाहीको माग

2021-06-24

Sudurpashchim, Doti, Purbichauki

१० असार २०७८, बिहीबार

समाचार सङ्कलनका लागि गएका डोटी जिल्लाको पूर्वीचौँकी गाउँपालिका गएका पत्रकार माथी जनप्रतिनिधीले र्दुव्यवहार गरको भन्दै यहाँ स्थित पत्रकार महासंघ तथा उनीहरुका बिभिन्न संघ संगठनले कारवाहीको माग गरेका छन् । जिल्लाको पूर्वीचौँकी गाउँपालिकामा समाचार सङ्कलन र प्रशासनिक कार्यका लागि गएका नजर नेपाली साप्ताहिकका सम्पादक झलक पाली, नेपाल टेलिभिजन डोटी संवाददाता सुवाश नेपाली र त्रिबेणी एफएममा कार्यरत पत्रकार प्रेम नेपाली माथी त्यहाँका जनप्रतिनिधीले र्दुव्यवहार गरेको भन्दै कारवाहीका लागि माग गरिएको हो ।

पत्रकार माथी भएको उक्त घटनाको विरोध गर्दै पत्रकार महासंघ सुदूरपश्चिम, पत्रकार महासंघ डोटी शाखा, प्रेश चौतारी, प्रेश सेन्टरले प्रेश विज्ञप्ती जारी गरी घटनाका दोषिहरुलाई कानूनी कारवाहीको पत्रकार माथी अभद्र व्यवहार गर्नेलाई कारवाही सहित पेशागत सुरक्षाको प्रत्याभुत गराउन समेत माग गरेका छन् ।

गाउँपालिकाले आईसोलेसन वार्ड सञ्चालनमा ल्याएको, भिडियो एक्सरे सेवा सुरु गरेको, दलित लक्षित कार्यक्रम अन्तरगत सम्पन्न क्रियाकलापहरुका विषयमा समाचार सङ्कलन तथा गाउँपालिकाबाट भुक्तानी गर्न बाकी रहेका विज्ञापन तथा सूचनाहरुको रकम भुक्तानी लिन पुगेको समयमा विनाकारण आफुहरु माथी हातपात हुनुका साथै गालिगलौज र अभद्र व्यवहार भएको पत्रकार झलक पालीले लगायतले आरोप लगाउनु भएको छ ।

उहाँका अनुसार वडा नं १ का वडाध्यक्ष अङ्कबहादुर खड्का, वडा नं ४ का वडाध्यक्ष नवराज खड्का, वडा नं ४ स्थानीय प्रेमबहादुर खड्का र वडा नं ५ का शंकरबहादुर कठायतले कार्यालय परिसरमै अभद्र व्यवहार गरेका हुन् । गाउँपालिकाका अध्यक्ष वोगटी, उपाध्यक्ष र सानागाउँ प्रहरी चौकीबाट खटिएका प्रहरीहरुकै अगाडि आफुहरुमाथी गालीगलौज गर्ने, शरीरमा जाईलाग्ने, क्यामेरा बन्दगर्न लगाउने, मास्कखोल्न लगाउने लगायतका अभद्र व्यवहार भएको पीडित पत्रकारहरुको आरोप छ ।

घटनाका विषयमा गाउँपालिकाका अध्यक्ष दीर्घराज वोगटीसँग बुझ्दा, पत्रकारमाथी अभद्र व्यवहार भएको तथा उक्त घटनाले आफु लज्जास्पद समेत बनेको बताउनुभयो । यस विषयमा सम्बन्धित जनप्रतिनिधीहरुसँग थप बुझन खोज्दा सम्पर्क हुँन सकेन ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (large group)
Weapons None
Primary Cause Issues related to freedom of expression and civil rights
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
National/Online Media

0 Comments