Incident Reports

किशोरीलाई करणी गरेको आरोपमा युवक पक्राउ

2021-06-24

Madhes, Parsa, Parsagadhi, Ward 7

११ असार, वीरगञ्ज । १५ वर्षीया किशोरीलाई करणी गरेको आरोपमा पर्सामा एक युवकलाई पक्राउ परेका छन् । पर्सागढी नगरपालिका– ७ फुलबरिया बस्ने २० वर्षीय कृष्ण पटेललाई प्रहरीले पक्राउ गरेको हो ।

गएराति साढे ९ बजे पक्राउ परेका कृष्ण तथा पर्सागढी ६ चैनपुर बस्ने २० वर्षीय कमलेश सहनी १५ बर्षीया किशोरीको घर पुगेका थिए ।

परिवारका अन्य सदस्यहरु सुतिरहेको मौका छोपी किशोरी सुत्ने कोठामा प्रवेश गरी धाकधम्की दिई किशोरीलाई जर्बजस्ती करणी गरेको आरोप कृष्णलाई लागेको छ । कोठाको ढोकामा कुरुवा बसेका कमलेश फरार छन् ।

किशोरीको बुवाको जाहेरी दरखास्तको आधारमा कृष्णलाई असार १० गते नै पक्राउ गरेको थियो ।

पर्सा जिल्ला अदालतबाट जबरजस्ती करणी सम्बन्धी कसूरमा ५ दिनको म्याद थप गरी उनी विरुद्ध थप अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए । फरार कमलेशको खोजतलास भइरहेको उनको भनाइ छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments