Incident Reports

No translation available.

2014-07-18

Madhes, Saptari, Belhi Chapena

Manohar Kumar Pokharel सप्तरी । ०७१ साउन २ गते मलेकपुर गाविस-५ खुरहुरियाकी १९ वर्षीया पुनीता कुमारी मण्डललाई हत्या गरेको आरोपमा पति २५ वर्षीय अर्जुन मण्डललाई जिल्ला प्रहरी कार्यालयले साउन २ गते गिरफ्तार गरेको छ । पीडितका बुवा सारस्वर गाविस-८ का ४१ वर्षीय नथुनी मण्डलले हत्याका आरोपितलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा साउन २ गते किटानी उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । उजुरीमा आरोपितले दाइजोकै कारण साउन १ गते साँझ ६ बजे पीडितको हातखुट्टा बाँधी घाँटी निमोठी हत्या गरेकोले कारबाहीको माग गरिएको छ । आरोपितले साउन १ गते राति प्रहरीलाई घरको छतबाट लडेर दुर्घटना भई पीडितको मृत्यु भएको बताएकोमा गिरफ्तारीपछि झुण्डिई आत्महत्या गरेको बताएका छन् । लासको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा साउन २ गते पोष्टमार्टम गरिएको छ । मृतकको घाँटीमा निलडाम रहेको पोष्टमार्टममा संलग्न चिकित्सकले बताएका छन् । मृतकका बुवाले दिएको उजुरी बुझे पनि थप अनुसन्धान प्रक्रिया पुरा गरेर मात्र मुद्दा दर्ता गरिने र आरोपितलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको डिएसपी केदार ढकालले बताए । सामाजिक परम्पराअनुसार मृतक र आरोपितबीच ०७० वैशाख २३ गते विवाह भएको थियो । मनोहरकुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis