Incident Reports

आफैँले चलाउने गरेको टिपरको चक्कामुनी भेटियो चालकको शव, आफन्त भन्छन्- यो सुनियोजित हत्या हो

2021-06-27

Madhes, Dhanusha, Sabaila, Ward 10

जनकपुरधाम, असार १३.

धनुषामा आफैँले चलाएको टिपर किचेको अवस्थामा चालकको शव फेला परेको छ।सबैला नगरपालिका १० लवटोलिमा स १ ख ९०९ नम्बरको टिपरले किचेको अवस्थामा चालक २८ वर्षीय बुद्ध लामाको शव फेला परेको हो। लामा उदयपुरको कटारी नगरपालिका २ का स्थायी बासिन्दा भएको प्रहरीले जनाएको छ।

आफैँले चलाउने गरेको टिपरकै टायरले किचिएर मृत्यु भएको अवस्थामा लामाको शव फेला परेको हो। आफन्तले उनको मृत्युलाई शंकास्पद भन्दै अनुसन्धानको माग गरेका छन्। उनको हत्या भएको दावी आफन्तको छ।मृतक बुद्धका दाई हरि लामाले सुनियोजित रुपमा टिपरले किचेर भाइको हत्या गरिएको दाबी गरे। टिपरको चक्काले मृतकको टाउको क्षतविच्छेद भएको छ।

इलाका प्रहरी कार्यालय सबैलाले पनि घटना शंकास्पद भएको जनाएको छ। प्रहरी निरीक्षक राजेश सिग्देलले शवसमेत नचिनिने अवस्थामा फेला परेकाले अहिले केहि भन्न नसकिने बताए।‘मृतकको अनुहार देखिएको छैन। घटना अनुसन्धानकै क्रममा छ। अहिले नै यही भएको हो भन्न सकिन्न,’ प्रहरी निरीक्षक सिग्देलले नेपालखबरसँग भने, ‘हामी अनुसन्धान गरिरहेका छौँ। केही समयपछि घटना विवरण सार्वजनिक गर्ने छौँ।’

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Other
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports