Incident Reports

No translation available.

2014-07-17

Kiran Rai भोजपुर । ०७१ साउन २ गते एक ८ वर्षीया नाबालिका छोरीलाई बलात्कार गरेको आरोपमा ३८ वर्षीय बुबालाई जिल्ला अदालत भोजपुरले साउन १ गते २० वर्षको कैद सजाय सुनाएको छ । वैशाख २४ गते मारिदिने धम्की दिई छोरीलाई बलात्कार गरेका आरोपमा जिल्ला अदालत भोजपुरका न्यायधीश कृपाशुर कार्कीको इजलासले बलात्कार र हाडनाता करणीको ठहर गरी २० वर्षको कैद सजाय सुनाएको हो । अदालतको फैसला पछि आरापित जेल चलान भएका छन् । नाबालिका छोरीलाई बलात्कार गरी भागेका राई विरुद्ध पीडितका आफन्तले वैशाख २५ गते प्रहरीमा उजुरी दिएका थिए । दुई जना पत्नी भएका आरोपितले कान्छी पत्नी तर्फकी आफ्नै छोरीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ । यसै गरी ०७० फागुन २५ गते एक ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुईजना बालकलाई पनि साउन १ गते नै जिल्ला अदालतले जनही ५० हजार र ६ महिनाको कैद सजाय फैसला गरेको छ । १३ र ११ वर्षीय बालकले बालिकालाई घरमा कोही नभएको अवस्थामा बलात्कार गरेको आरोपमा प्रहरीले अदालतमा मुद्दा दर्ता गरेको थियो किरण राई

0 Comments

Related Reports
Related Trend Analysis