Incident Reports

खानेपानी बारे ईश्वरले कुटपिट गर्दा दुई महिला गम्भीर घाइते - Pokhara News

2021-06-27

Gandaki, Gorkha, Palungtar

पाेखरा न्यूज । आज बिहान खानेपानीको विषयलाई लिएर एक पुरुषले खन्ती प्रहार गरी कुटपिट गर्दा गोरखामा आमा र छोरी गम्भीर घाइते भएका छन् ।गोरखाको पालुङटार नगरपालिका १ आहालेका ५४ वर्षीय ईश्वर कुमालले सोही ठाँउका ४३ वर्षीय सीतामाया कुमाल उनकी २० वर्षीय छोरी सुस्मितालाई कुटपिट गरेर गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ ।

कुटपिटमा संलग्न कुमाललाई नियन्त्रणमा लिएको र घाइतेलाइ उपचारको लागि अस्पताल पठाइएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।आमा र छोरी दुबैको अवस्था सिरियस रहेको र घटनाका बिषयमा थप अनुसन्धान भइरहेको कार्यालयका प्रहरी नायव उपरीक्ष श्रवण कुमार बि.क.ले बताउनु भएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 2
Female Injured 2
Youth Injured 1
National/Online Media

0 Comments

Related Reports