Incident Reports

झापामा २१ वर्षीया महिलामाथि जबरजस्ती करणी, आरोपित पुरुष पक्राउ – देशसञ्चार

2021-06-22

Province 1, Jhapa, Mechinagar, Ward 11

झापा- झापाको बुद्धशान्ति गाउँपालिका–२ की २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको घटना बाहिरिएको छ।उक्त घटनाका आरोपितमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पीडित महिलाले इलाका प्रहरी कार्यालय धुलाबारीमा दिएको किटानी जाहेरीका आधारमा ती युवकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ।

ती महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बुद्धशान्ति गाउँपालिका–३ पुलचोक बस्ने राजु थापा भनिने २४ वर्षीय नुर खानलाई प्रहरीले पक्राउ गरेको हो।खानले ती महिलालाई मेचीनगर नगरपालिका–११ बाँसवारीस्थित एक होटलमा लगेर जबरजस्ती करणी गरेको प्रहरीको भनाइ छ।गत असार ८ गते ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने जाहेरी परेपछि इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।प्रहरीले पीडित महिलाको स्वास्थ्य परीक्षण गराइसकेको र अन्य अनुसन्धानका काम भइरहेको जनाएको छ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments