Incident Reports

टीकापुर नगरपालिकामा तालाबन्दी

2021-06-30

Sudurpashchim, Kailali, Tikapur, Ward 1

प्रकाशित: १६ असार २०७८ ११:१४ बुधबार

टीकापुर नगरपालिका–१ वनगाउँका बासिन्दाले आज नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन्। उनीहरुले वडा विभाजनको विषयमा असहमति जनाउँदै तालाबन्दी गरेका हुन्।

स्थानीयले नगरपालिकाको हालको वडा नं. १ लाई कम्तिमा ६ वटा वडा बनाईनुपर्ने माग अघि सारेका छन। नगरपालिकाले भने राजनीतिक दलको सहमति भन्दै वडा नं. १ लाई ५ वडामा विभाजन गर्ने तयारी थालेको छ।

वनगाउँमा थारु समुदायको बसोबास रहेको छ। उनीहरुले नगरपालिकाले आफूहरुलाई अल्पमतमा पार्ने षडयन्त्र अनुसार वडा विभाजनको काम अघि बढाउको आरोप लगाएका छन्। ‘यो हामीलाई अल्पमतमा पार्ने षडयन्त्र हो’ स्थानीय चम्मन चौधरीले भने–‘हामी यस निर्णयको विरोधमा छौं।’

स्थानीयले अन्य प्रस्तावित वडाहरुलाई जनसंख्या र भुगोलका आधारमा सुहाउँदो बनाए पनि आफूहरुको बसोबास रहेको वडालाई ठूलो बनाईएको गुनासो पोखे। स्थानीय खुशीराम चौधरीले अन्य प्रस्तावित वडाको भन्दा आफूहरुको बसोबास रहेको वडाको जनसंख्या र भुगोल दुईगुणा रहेको बताए।

‘अरु वडामा जनसंख्या र भुगोल मिलाईएको छ तर हाम्रो वडालाई भने ठूलै राखिएको छ’ उनले भने–‘यो हामी माथिको अन्याय हो। हामी सधैभरी अन्याय सहेर बस्ने पक्षमा छैनौं।’

नगरपालिकाको वडा नं. १ जनसंख्याका हिसाबले नेपालको सबैभन्दा ठूलो मानिन्छ। यहाँ ५० हजार जनसंख्या रहेको छ। टीकापुर नगरपालिकामा हाल ९ वटा वडा छन्। नगरपालिकाले वडा नं. १ लाई ५ र वडा नं. २ लाई २ वटा वडामा विभाजनको तयारी गरिरहेको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Tharu and other plain indigenous groups
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments