Incident Reports

५ दलीय विद्यार्थी संगठनद्वारा प्रदर्शन

2021-07-01

गौर । प्रतिगमन सरकारको विरुद्ध रौतहटमा ५ दलीय गठवन्धनका विद्यार्थी संगठनले प्रदर्शन गरेको छ ।

नेकपा सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंवैधानिक अलोकतान्त्रिक कदमको विरुद्धमा प्रतिपक्षी दलका युवा विद्यार्थी संगठनहरुका कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका हुन् । संसद विघटन संविधान विपरित भएको भन्दै प्रतिपक्षी दल नेपाली कांग्रेस , नेकपा एमाले माधव नेपाल पक्ष , नेकपा माओवादी केन्द्र , जनता समाजवादी पार्टीका युवा संगठनले घोषणा गरेको पुर्व निर्धारित कार्यक्रम अन्तर्गत रौतहटको सदरमुकाम गौरमा विद्यार्थीहरुले मोटर साइकल रैली निकालेर सरकारको विरोध प्रदर्शन गरेको जनता समाजवादी पार्टी नेपालका विद्यार्थी नेता ललन यादवले जानकारी दिएका छन् । नेकपा एमालेका युवा नेता विक्रान्त विक्रम नेपालको नेतृत्वमा गौर स्थित विपी चौकबाट सयौको संख्यामा निस्किएको मोटर साइकल रैली नगर परिक्रममा गर्दै पुनः विपी चौकमा कोण सभामा परिणत भएको थियो । सभामा सम्वोधन गर्दै युवा विद्यार्थी नेताहरुले प्रतिगमन सरकारको पतन हुने निश्चित रहेको ठोकुवा गरेका छन् । प्रतिगमन सरकारका कामचलाउ प्रधानमन्त्रीले आफ्नो पदबाट राजिनामा दिनु पर्ने समेत जोडदार रुपमा माग समेत गरेका छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people N
Actor 1 - Affiliations Nepali Congress and affiliated org , UML and affiliated org , CPN (Maoist Center) and affiliated org , Janata Samajbadi Party
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments