Incident Reports

महिलामाथि कुटपिट l

2014-07-19

Bagmati, Rasuwa, Uttargaya

लहरेपौवा गाविस-८ का २६ वर्षीया फुलमाया थोक्रालाई स्थानीय २८ वर्षीय मीङमार गोले र ४० वर्षीय सुप्पा गोलेले ०७१ साउन ३ गते साँझ पीडितको घरमा कुटपिट गरेका छन् । खाना खान लागेका अवस्थामा जथाभावी गाली गरेर कुटपिट गरेको फुलमायाले बताइन् । "रक्सीले मातेर आएका केटाहरूले मलाई लछार पछार गरे र ससुरा कान्छा थोक्रालाई पनि कुटपिट गरे," उनले भनिन् । आफु असुरक्षित भएको भन्दै पीडकलाई आवश्यक कारवाहीको माग गरी फुलमायाले साउन ४ गते कालिकास्थान स्थित प्रहरी चौकीमा जाहेरी दिएकी छिन् ।

0 Comments

Related Reports
Related Trend Analysis