Incident Reports

वडाध्यक्षको इटा प्रहारबाट स्थानीय घाइते

2021-07-02

Province 1, Jhapa, Mechinagar, Ward 13

झापाको मेचीनगर नगरपालिका १३ का वडाध्यक्ष कृष्णराज सिग्देलको आक्रमणमा परी एक स्थानीय गम्भीर घाइते भएका छन् । सडकमा ढल बनाउने विषयमा विवाद हुँदा सिग्देलले स्थानीय अर्जुन थेवेको टाउकोमा इटा प्रहार गरेका थिए । 

थेवेको चारआलीस्थित मनकामना अस्पतालमा प्राथमिक उपचार पश्चात बिएण्डसी हस्पिटलमा उपचार भैरहेको प्रहरीले जनाएको छ । घाइते थेवेको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिए । उनको टाउकोमा ६ टाँका लगाइएको छ । शुक्रबार अपरान्ह चारआलीस्थित थेवेको घर अगाडि सडकमा ढल निर्माण गर्ने बिषयमा उनीहरु बीच विवाद भएको थियोे । दुईजना बीच धकेलाधकेल भएपछि वडाध्यक्ष सिग्देलले थेवेको टाउकोमा इटा प्रहार गरेको प्रत्यक्षदर्शीले बताए ।

आज घटनाको बिषयमा छलफल गर्ने गरि वडाध्यक्ष सिग्देललाई मेचीनगरका प्रमुख बिमल आचार्य र उपप्रमुख मिना उप्रेतीको रोहबरमा चार आली चौकीबाट लगिएको बताइएको छ ।

हालसम्म पीडितको तर्फबाट कुनै किटानी जाहेरी नदिइएको प्रहरीले जनाएको छ । घाइते थेबे नेपाली कांग्रेसको मेचीनगर नगर कमिटीका सचिब हुन् । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Other
Primary Cause Access/control of private land
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Injured 1
National/Online Media

0 Comments

Related Reports