Incident Reports

५ विद्यार्थी संगठनको जुलुसमा प्रहरीको लाठी चार्ज, फोटो पत्रकार राई घाइते

2021-07-04

Bagmati, Kathmandu, Kathmandu

काठमाडौं, असार १९ : मिनभवनमा ५ दलीय गठबन्धन समर्थित संयुक्त विद्यार्थीहरुले निकालेको राँके जुलुसमा हस्क्षेप गर्दै प्रहरीले लाठी चार्ज गरेको छ। प्रहरीले लाठी चार्ज गर्दा फोटो पत्रकार निमेषजंग मेवाहाङ राई घाइते भएका छन् ।

मिनभवनबाट प्रधानमन्त्री पुत्लासहित राँके जुलुस मुख्य सडकतर्फ अगाडि बढ्ने क्रममा प्रहरीले प्रदर्शनमा हस्तक्षेप गरेको थियो। प्रहरीले आन्दोलनमाथि हस्तक्षेप गरेको फोटो खिच्ने क्रममा प्रहरीले पत्रकार राईमाथि लाठी प्रहार गरेको हो। राई नेपाल लाइभ डटकममा कार्यरत छन्।

नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु (नेकपा एमालेको माधव नेपाल पक्ष समर्थित), समाजवादी विद्यार्थी युनियन र अखिल छैठौंले शनिबार काठमाडौंको मिनभवनस्थित नेपाल कमर्श क्याम्पसबाट राँके जुलुस निकालेको थियो।

यस्तै, प्रहरीको लाठी चार्जबाट माधव नेपाल पक्षको अनेरास्वयूकी महासचिव आरती लामा र केन्द्रीय सदस्य सोनुलाल यादव घाइते भएका छन्।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Violent demonstration
Secondary Form Excessive Use of Force
Weapons Blunt weapon
Primary Cause Contestation over Constitution and federal restructuring
Secondary Cause Freedom of Assembly
Actor 1 - Number of people N
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org UML and affiliated org Janata Samajbadi Party
Actor 2 - Youth unknown
Total Injured 2
Female Injured 1
Total Abducted 00
National/Online Media

0 Comments