Incident Reports

त्रिचन्द्र क्याम्पस अगाडि नेविसंघको मसाल जुलुस, जलायो प्रधानमन्त्री ओलीको पुतला

2021-07-04

Bagmati, Kathmandu, Kathmandu

काठमाडौं : नेपाल विद्यार्थी संघले त्रिचन्द्र क्याम्पसअगाडि सरकारविरुद्ध मसाल जुलुस निकालेको छ। नेविसंघले मसाल जुलुस निकाल्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला समेत जलाएको छ।

प्रतिनिधिसभा विघटन गर्दै प्रधानमन्त्री ओली निरंकुश बन्दै गएको आरोप नेविसंघले लगाएको छ। नेविसंघलगायत विपक्षी पाँच दल निकट विद्यार्थी संगठनहरुले देशभर सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन्।

त्यस्तै, वर्तमान सरकारले महँगी बढाएको, जनताको न्युनतम आधारभूत आवश्यकता पूरा गर्न नसकेको उनीहरुको आरोप छ। क्याम्पस बाहिर प्रदर्शनमा उत्रेका विद्यार्थीहरुले मसाल जुलुस निकाल्दा प्रहरीले हस्तक्षेप गरेको थियो।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Secondary Form Intervention at Protest
Primary Cause Contestation over Constitution and federal restructuring
Secondary Cause Freedom of Assembly
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments