Incident Reports

सामाजिक सुरक्षा कोष विरूद्ध वित्तिय संस्थाहरूको विरोध

2021-07-06

सामाजिक सुरक्षा कोष ऐनमा भएका विभिन्न बुँदाहरुप्रति असहमति जनाउँदै कावासोतीस्थित विभिन्न बैंक तथा वित्तिय संस्थाहरुले विरोध प्रदर्शन गरेका छन्।   बैंक तथा वित्तिय संस्थाहरुले सामाजिक सुरक्षा कोषमा आवद्ध हुन नसक्ने बुँदाहरु सहितको ब्यानर प्रदर्शन गरि संयुक्त रुपमा विरोध गरेका हुन् ।

उक्त कार्यक्रममा नवलपुर बैंकर्स एसोसिएसनका अध्यक्ष कुमार वास्तोलाले सरकारले जबर्जस्ती लागु गर्न लागेको सामाजिक सुरक्षा कोष कार्यक्रमले बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरु असुरक्षित हुने भएकाले यस कोषको विरोधमा उत्रिएको बताए। सामाजिक सुरक्षा कोष ऐन तथा यसका कार्यविधिका बुँदाहरुनै एक आपसमा बाझिएकाले कर्मचारीले कर तिरेर दुखले जम्मा गरेको आर्जन भोलिक दिनमा असुरक्षित हुने तथा खााई पाई आएको सुविधा समेत गुम्ने देखिएकोले विरोध गर्नु परेको उनको भनाइ छ।

विरोध कार्यक्रममा कावासोती स्थित विभिन्न बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरुको प्रभावकारी उपस्थिति रहेको थियो।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments