Incident Reports

सुजिता भण्डारी हत्याकाण्ड : प्रदर्शन चर्किएपछि कर्फ्यु आदेश जारी | Ratopati

2021-07-06

Bagmati, Chitawan, Rapti

चितवनको राप्ती नगरपालिकाका स्थानीयले सुजिता भण्डारीको हत्यारालाई पक्राउ गर्न माग गर्दै प्रदर्शन चर्काएपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । आज साँझ ७ः३० बजेदेखि भोलि बेलुकी ७ः३० बजेसम्मका लागि कफ्र्यु आदेश जारी गरिएको हो ।

उनले आदेशको अवज्ञा गर्ने व्यक्तिलाई सुरक्षाकर्मीले तत्काल पक्राउ गर्ने र एक महिना कैद वा जरिवाना साथै दुवै सजाय समेत हुन सक्ने बताए ।    असार ११ गतेदेखि हराइरहेकी राप्ती नगरपालिका ३ निवासी २३ वर्षीया सुजिता भण्डारीको शव हिजो ब्रम्हस्थानी सामुदायिक वनमा फेला परेको थियो ।

भण्डारीको हत्या भएको भन्दै स्थानीयबासिन्दाले घटनाको निष्पक्ष छानविन गरि दोषीलाई पक्राउ गर्न माग गरेका छन् । स्थानीयले बन्द गरेको सडक प्रहरीले खुलाउने क्रममा झडपसमेत भएको थियो ।

भिड नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रु ग्यास प्रहार गरेको छ । प्रदर्शनकारीले ना ४ ख २१४९ नम्बरको ट्रकमा तोडफोड गरेका छन् ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

स्रोतहरू खुलाइएका बाहेक रातोपाटीमा प्रकाशित सम्पूर्ण सामग्रीहरू डिस्कवरी न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 1 day
Primary Form Curfew/prohibitory order issues by the state
Primary Cause Law and Order Violence
Secondary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments