2021-07-06
२२ असार, चितवन । चितवनको राप्ती नगरपालिका–३ कि सुजिता भण्डारीको मृत्युको घटना अनुसन्धानको माग गर्दै स्थानीयवासिन्दाले अवरुद्ध गरेको राजमार्ग प्रहरीले खुलाउन खोज्दा झडप भएको छ ।
स्थानीय वासिन्दाले पूर्वपश्चिम राजमार्ग दिउँसो ३ बजेदेखि अवरुद्ध गर्दै आएका छन् । प्रहरीले राजमार्ग खुलाउन खोज्दा भएको झडपमा परी नेपाल प्रहरीका २ जना र सशस्त्र प्रहरीका २ जना घाइते भएका चितवनका प्रहरी प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए । उनले भिड नियन्त्रणका लागि गएका डीएसपीसमेत घाइते भएको बताए ।अहिले पनि बाटो खुलाउने प्रयास जारी रहेको एसपी अधिकारीले बताए । घटनाको अनुसन्धान भइरहेकाले राजमार्ग बन्द गरेर अरु सर्वसाधारण नागरिकलाई दुःख नदिन एसपी अधिकारीले अनुरोध गरेका छन् ।
प्रर्दशनकारीहरुले पोष्टमार्टम रिपोर्टमा तलमाथि नगर्न चेतावनी दिदै घटनाको निष्पक्ष छानविन हुनुपर्ने माग गरेका छन् ।
उनीहरुले गृहमन्त्रीको राजीनामासमेत माग गरेका छन् । युवाहरुको एक समूहले चौबिसकोठी चोकमा भ्रष्ट प्रशासन चाहिदैन, शान्ति सुरक्षा कायम गर, सुजिताको अत्मालाई शान्ति दे, हामीलाई न्याय दे भन्दै नारावाजी गरेका छन् ।
सो क्रममा केहीबेर प्रहरी र स्थानीयबीच झडप भएको छ । प्रहरीले भीडलाई तितरबितर पार्न केही राउण्ड अश्रुग्यास प्रहार गरेको छ । भिडलाई प्रहरीले तितरवितर गरेर बाटो खुलाउने प्रयास गरेको छ ।
राजमार्ग बन्द हुँदा नारायणगढतर्फ आउने र हेटौंडातर्फ जाने सयौं सवारी साधान रोकिएका छन् । गत असार ११ गते घरबाट साथीको घरमा हिँडेकी सुजिताको आइतबार दिउँसो ११ दिनपछि सामुदायिक वनमा शव फेला परेको थियो ।
उनको अपहरणपछि हत्या भएको परिवार र स्थानीयको भनाइ छ । उनको शव पोष्टमार्टमका लागि काठमाडौं लगिएको छ । घटनास्थल नजिकै मंगलबार सुजिताले प्रयोग गर्ने मोवाइल पनि भेटिएको छ । मोवाइलमा सिमकार्ड भने नभएको प्रहरीको भनाइ छ ।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Twosided |
Collective / Interpersonal | Collective |
Primary Form | Group Clash |
Weapons | Other |
Primary Cause | Law and Order Violence |
Actor 1 - Number of people | n/a |
Actor 1 - Affiliations | Police , APF |
Actor 1 - Youth | na |
Actor 2 - Number of people | n/a |
Actor 2 - Affiliation | Citizen/Individuals |
Actor 2 - Youth | na |
Total Injured | 5 |
Female Injured | n/a |
Youth Injured | n/a |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD