Incident Reports

प्रहरीलाई हातपात गरेको अभियोगमा पक्राउ

2021-07-06

Bagmati, Bhaktapur, Madhyapur Thimi, Ward 2

भक्तपुर, २०७८ असार २२ गते

महानगरीय प्रहरी प्रभाग सानोठिमीमा डियुटीमा खटिएको प्रहरीलाई हातपात गरेको अभियोगमा सोही नगरपालिका-२ धन्चे पाखा बस्ने २४ वर्षीय सरोज केसी लगायत २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

मध्यपुर ठिमी नगरपालिका-२ सानोठिमीमा मादक पदार्थ सेवन गरी हल्ला गरेको अवस्थामा प्रहरीले सम्झाई बुझाई गर्ने क्रममा उनीहरुले प्रहरीलाई हातपात गरेपश्चात उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । हातपात गर्दा घाइते भएका एकजना प्रहरी सहायक निरीक्षक कोरियन अस्पताल ठिमीमा उपचार पश्चात डिस्चार्ज भएका छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Law and Order Violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
Total Injured 1
National/Online Media

0 Comments

Related Reports