Incident Reports

सरकारविरुद्ध नेविसंघको प्रदर्शन (तस्बिरहरु)

2021-07-07

Bagmati, Kathmandu, Kathmandu

काठमाडौँ–

नेपाल विद्यार्थी संघले सरकारविरुद्ध प्रदर्शन गरेको छ। राजधानीको त्रिचन्द्र क्याम्पस अगाडि नेविसंघले सरकारविरुद्ध प्रदर्शन गरेको हो।प्रदर्शनका क्रममा विद्यार्थी र प्रहरीबीच झडप भएको छ। त्यसक्रममा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ।प्रदर्शनका क्रममा विद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला जलाएका छन्।प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक संसद विघटन गरेपछि त्यसको विरोधमा नेविसंघले प्रदर्शन गर्दै आएको छ।कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा वैकल्पिक सरकार बन्ने सम्भावना हुँदाहुँदै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीको मिलेमतोमा संसद विघटन गरिएको भन्दै संसद विघटनको विरोध हुँदै आएको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Secondary Form Detention of Protesters
Primary Cause Contestation over Constitution and federal restructuring
Secondary Cause Freedom of Assembly
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments