Incident Reports

१५ वर्षीया बालिका बलात्कार गर्ने महिना दिनपछि पक्राउ : RajdhaniDaily.com

2021-06-03

Province 1, Morang, Sundarharaicha

इटहरी । बालिका बलात्कारको आरोपमा इटहरीबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) अर्जुन केसीका अनुसार जेठ २० गते इटहरीकी १५ वर्षीया बालिकामाथि जबरजस्ती करणी भएको थियो ।

पीडितको उजुरीका आधारमा प्रहरीले घटना भएको एक महिनापछि पीडकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मोरङ सुन्दरहरैँचा ६ बस्ने २१ वर्षीय दीलिप श्रेष्ठ रहेका छन् ।

घटनापछि फरार भएका श्रेष्ठलाई इलाका प्रहरी कार्यालय इटहरीको टोलीले मंगलबार (असार २१) साँझ ७ बजे सुन्दरहरैँचाबाट लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनले बालिकालाई जबरजस्ती करणी गरेको खुलेको छ । पक्राउ परेका श्रेष्ठमाथि जबरजस्ती करणी सम्बन्धि मुद्धामा म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments