Incident Reports

सिंहदरवार गेटमा प्रहरीबाटै कुटिए हवलदार l

2014-07-20

Bagmati, Kathmandu, Kathmandu, Ward 29

काठमाडौं- राजधानीको मुख्य प्रशासनिक ठाउँ मानिने सिंहदरबारभित्रै एक प्रहरी हवलदार प्रहरीबाटै कुटिएका छन्। बर्दिया मोहम्मदपुर-७ जोशीपुरका ज्ञानबहादुर चौधरीलाई आइतबार सिंहदरबार गेटमा बस्ने प्रहरी सहायक निरीक्षक लुमा डाँगी र हवलदार रामबहादुर चन्दले कुटपिट गरेका हुन्। मुगुमा कार्यरत चौधरीले स्वास्थ्य उपचारको रकम भुक्तानीका लागि अर्थमन्त्रालय जाने क्रममा प्रहरीबाटै कुटिएका हुन्। टाउको र आँखामा गम्भिर चोट लागेको चौधरीको प्रहरी अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ। त्यस्तै दिनदहाडै ड्युटीमा खटिएका प्रहरीले निर्धात कुटपिट गरेको भन्दै थारु संघसंस्थाले भर्त्सना गरेका छन्। सोमबार संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न प्रशासनसँग माग गरेका छन्। ‘स्वास्थ्य उपचारको रकम भुक्तानी लिन अर्थमन्त्रालयमा जाने क्रममा सिंहदरबार परिसरमा प्रवेश गर्न खोज्दा गेटमा रहेका प्रहरी सहायक निरीक्षक लुमा सिंह डांगी र प्रहरी हवलदार रामबहादुर चन्दले अपशब्द प्रयोग गर्दै प्रहरी हवलदार ज्ञानबहादुर चौधरीको टाउकोमा इँटा प्रहार गरी निर्घात रुपमा कुटपिट गरिएको घट्नाप्रति खेद प्रकट गर्दछौं,’ विज्ञप्तीमा भनिएको छ, ‘सुरक्षमा खटिएका प्रहरीबाटै सिंहदरबारजस्तो स्थलमा दिन दहाडै रक्षक नै भक्षक भएर गरिएको निन्दनीय घटनाको सत्य तथ्य विवरण नेपाल सरकारबाट तुरुन्त पत्ता लगाई दोषीमाथि हदैसम्मको कारबाही गर्न गराउन हामी जोडदार माग गर्दछौं।‘ त्यस्तै गृहमन्त्री बामदेव गौतमले दोषीमाथि कारबाही हुने आश्वासन दिएका छन्। दिनदहाडै देशकै मूल प्रशासनिक केन्द्रमा कुटपिट भएको घटना सुनाउँदै थरुहट तराई पार्टी नेपालका वरिष्ठ नेता तथा सभासद् गोपाल दहितले गृहमन्त्री गौतमको ध्यानाकर्षण गराएका थिए। घटनाप्रति दुःख मनाउँदै गौतमले दोषीमाथि कानुनी कारबाही गर्ने आश्वासन दिएको सभासद दहितले बताए।

0 Comments

Related Reports
Related Trend Analysis