Incident Reports

थाहा खबर: मदिरा खाएर सर्लाहीको ईश्वरपुरमा चक्कु हानी युवकको हत्या

2021-07-06

Madhes, Sarlahi, Ishworpur, Ward 4

सर्लाही : जिल्लाको ईश्वरपुरमा गएराति चक्कु प्रहार गरी एक जनाको हत्या भएको छ।
ईश्वरपुर नगरपालिका वडा नं. ४, सागरनाथका ५८ वर्षीय पाल दोर्जे स्याङतानले सोही ठाउँका ३५ वर्षीय कृष्ण बहादुर स्याङ्बोलाई चक्कु प्रहार गरी हत्या गरेका हुन्। पुरानो रिसिबीको कारण एक आपसमा विवाद हुँदा दोर्जेले कृष्ण बहादुरलाई चक्कु प्रहार गरेका प्रहरीले जनाएको छ।
चक्कु प्रहारबाट गम्भीर घाइते एका कृष्ण बहादुरलाई लालबन्दीस्थित मोडेल हस्पिटलमा सामान्य उपचार पछि थप उपचारका लागि जनकपुर लैजाने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय केशरगन्जले जनाएको छ।

घटनाबारे जानकारी पाउनासाथ प्रहरी चौकी फूलजोर र ईलाका प्रहरी कार्यालय केशरगन्जबाट खटिएको प्रहरीले दोर्जेलाई गाउँबाटै नियन्त्रणमा लिएको छ।
उनीविरुद्ध आज सर्लाही जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको केशरगन्जका प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी दिए। उनले प्रारम्भिक अनुसन्धानका क्रममा मदिराको नसामा घटना भएको पाइएको बताए।

दोर्जेले राति ८ बजेतिर आफ्नै घरको आँगनमा कृष्ण बहादुरमाथि चक्कु प्रहार गरेका प्रहरीको भनाइ छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Severely damaged Vehicles 00
National/Online Media

0 Comments

Related Reports