Incident Reports

जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

2021-07-06

Province 1, Morang, Sundarharaicha, Ward 6

जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले इटहरीबाट एक जनालाई पक्राउ गरेको छ। इटहरीकी १५ वर्षे बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा मोरङ सुन्दरहरैँचा नगरपालिका वडा नं. ६ का २१ वर्षे दिलिप श्रेष्ठ पक्राउ परेका हुन्।

जबर्जस्ती करणी गरेर फरार भएका श्रेष्ठको खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यलाय इटहरीबाट खटिइएको मोरङ सुन्दरहरैँचा क्षेत्रबाटै पक्राउ गरेको जानकारी दिएको छ। श्रेष्ठलाई जर्बजस्ती करणी सम्बन्धि मुद्दामा सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।

इटहरी तथा आसपासका क्षेत्रमा जर्बजस्ती करणीका घटना बढ्दो छ। समाजमा बढ्दै गएको दण्डहिनता, कानुन हातमा लिने प्रवृत्ति र अपराधको राजनीतिकरणले गर्दा महिलामाथि जबर्जस्ती करणीका घटना बढेको हो। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments