Incident Reports

महिलालाई कम्बोडिया पुर्‍याएर बेचबिखन गरेको आरोपमा युवक पक्राउ

2021-07-08

Province 1, Jhapa, Mechinagar

२४ असार, काठमाडौं । प्रहरीले महिलालाई कम्बोडिया पुर्‍याएर बेचबिखन गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।फेसबुकबाट चिनजान गरी एक महिलालाई कम्बोडिया पुर्‍याएर बेचबिखन गरेको आरोपमा धनकुटाका ३५ वर्षीय किसान राईलाई प्रहरीको मानव बेखबिखन ब्यूरोको टोलीले पक्राउ गरेको प्रहरी उपरीक्षक अनुराग कुमार द्विवेदीले जानकारी दिए ।उनीहरुको गिरोहले उक्त महिलालाई कन्सट्रक्शन तथा व्यापारको काममा एक लाख मासिक तलब पाउने आश्वासन दिइ कम्बोडिया पुर्‍याएको प्रहरीको दाबी छ ।

उनीहरुले पीडितसँग रु चार लाख ५० हजार लिई काठमाडौँबाट काँकडभिट्टाबाट भारतको आसाम, नागाल्याण्ड, ग्वाटी हुँदै मनिपुर पुर्‍याएका थिए । त्यसपछि पैदलै म्यान्माको नाकाबाट थाइल्याण्ड प्रवेश गराई कम्बोडिया पुर्‍याएको खुल्न आएको प्रहरीको मानव बेखबिखन ब्यूरोले जनाएको छ ।

उनीहरुले चिनियाँ नागरिकलाई खाना पकाउने र घर सफा गर्ने भनी झुक्याएर यौन शोषण गर्ने गरी बेचबिखन गरेको भन्ने पीडितले जाहेरी दिएपछि ब्यूरोले फरार रहेका उनलाई पक्राउ गरेको हो ।मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसारको मुद्दामा अनसुन्धान भइरहेको प्रहरी उपरीक्षक (एसपी) द्विवेदीलेब बताए ।


0 Comments