Incident Reports

रौतहटको चन्द्रपुरमा झडप

2021-07-08

Madhes, Rautahat, Chandrapur, Ward 8

२५ असार, रौतहट । गएराति रौतहटको चन्द्रपुरमा दुई समूहबीच झडप भएको छ । झडपमा १० जना घाइते भएका छन् । केही घर र आठवटा मोटरसाइकलमा आगजनी भएको छ ।झडपको क्रममा आफन्तको घर तोडफोड भएको देखेर स्थानीय ७० वर्षीय जगरनाथ चौधरीको हृदयाघातबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

झडपमा विनेक चौधरी, आकाश चौधरी, मुथुन कुमार चौधरी, बच्चु चौधरी लगायत घाइते भएका छन् । उनीहरुको चन्द्रनिगाहपुरस्थित अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी लिलाराज कोइरालाले बताए ।

कोइरालाका अनुसार जग्गा सम्बन्धी पुरानो विवादका कारण चन्द्रपुर नगरपालिका वडा नम्बर ८ बस्तिपुरमा गएराति करिब १० बजेतिर दुई पक्षबीच झडप भएको हो ।सो घटनामा जगनारायण चौधरी, श्रीराम चौधरी र लक्ष्मी चौधरीको घर तोडफोड भएको छ । आठ वटा मोटरसाइकलमा आगजनी पनि भएको छ ।सो स्थानमा रातिदेखि नै सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटाइएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Secondary Form Arson
Weapons Fire , Other
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 5
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth na
Total Injured 10
Female Injured n/a
Youth Injured n/a
Total damaged Buildings 3
Totally damaged Vehicles 8
Severely damaged Vehicles 8
National/Online Media

0 Comments

Related Reports