Incident Reports

सप्तरीमा दुई पक्षबीच कुटाकुट हुँदा एक जनाकाे ज्यान गयाे

2021-07-09

Madhes, Saptari, Khadak, Ward 9

सप्तरी, असार २५ : सप्तरीको खडक नगरपालिकामा दुई पक्षबीच कुटपिट हुँदा एकजनाको मृत्यु भएको छ।खडक नगरपालिका–९ लालपट्टी टोलमा वैदेशिक रोजगारीमा जानेका परिवार र पठाइदिनेबीच कुटपिट भएको प्रहरीले जनाएको छ।कुटपिटबाट स्थानीय ५८ वर्षीय दाउद मियाँको मृत्यु भएको हो। टाउकोमा चोट लागेर घाइते भएको उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ।राजविराज नगरपालिका–९ जगदरीका एजेन्ट सनाउल मामाघर लालपट्टी पुगेको बेला विदेश जानेले राम्रो काम नपाएको भन्दै परिवारले घेरेपछि सुरु भएको विवाद बढेर कुटपिटमा पुगेको जनाइएको छ। कुटपिटमा संलग्नहरुको खोजी भइरहेको प्रहरीको भनाइ छ।

...

सप्तरीको खडक नगरपालिका-९ का ७० वर्षीय दाउद मियाँको हत्या आरोपमा सप्तरी प्रहरीले सोमबार पाँच जनालाई पक्राउ गरेको छ।हत्या आरोपमा प्रहरीले सप्तरीको खडक नगरपालिका-९ का ३२ वर्षीय नजबुल मियाँ, सोही ठाउँका ६० वर्षीय रफु भनिने रफुवा मियाँ, ४२ वर्षीय इजराइल मियाँ, ५५ वर्षीय वालिस भनिने कालिस मियाँ र उनका छोरा ३२ वर्षीय जाकिर मियाँलाई पक्राउ गरेको सप्तरी प्रहरीले जनाएको छ।वैदेशिक रोजगारीमा भएको ठगीका कारण उत्पन्न विवादका क्रममा गत गत शुक्रबार दाउदको हत्या भएको थियो।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Fight
Weapons Blunt weapon
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Killed 1
National/Online Media

0 Comments

Related Reports