Incident Reports

बलात्कार आरोपमा रौतहटबाट एकजना पक्राउ – देशसञ्चार

2021-07-07

Madhes, Rautahat, Dewahhi Gonahi

वीरगञ्ज– जबरजस्ती करणी गरेको आरोपमा रौतहटबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ।प्रहरीले रौतहटको देवाही गोनाही नगरपालिका ७ उचिडिह निवासी ५० वर्षीय नागेश्वर कुशवाहालाई पक्राउ गरेको हो।जबरजस्ती करणी गरेको भनि २७ वर्षीया एक महिलाले उजुरी गरेपछि कुशवाहालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरिक्षक श्रीराम भण्डारीले जानकारी दिए।

महिलालाई करणी गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय देवाही गोनाहीले कुशवाहालाई शनिबार पक्राउ गरेको हो।प्रहरीका अनुसार पक्राउ परेका उनले ३ दिनअघि पीडित महिलालाई केही घरायसी सामान खरिद गर्न भनी आफ्नो मोटरसाइकलमा राखेर गरुडा बजार ल्याएका थिए।गरुडा बजारभन्दा केही पर रहेको झाँझ नदीको किनारको काँसघारीमा लगेर कुशवाहाले ती महिलालाई जबरजस्तीकरणी गरेको प्रहरीको भनाइ छ।पक्राउ परेका कुशवाहालाई जबरजस्ती करणी मुदामा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराई अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

..

बलात्कार आरोपमा रौतहटको देवाही गोनाही नगरपालिकाबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कांग्रेसका स्थानीय नेता समेत रहेका ५० वर्षीय नागेश्वर कुश्वाहा रहेका छन् । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Entity Nepali Congress
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments