Incident Reports

राष्ट्रिय अनुसन्धानमा कार्यरत हबल्दारको भाइले गरे हत्या – देशसञ्चार

2021-07-09

Province 1, Morang, Biratnagar, Ward 5

विराटनगरमा मादक पदार्थ सेवन गरेका भाइले आफ्नै दाइको हत्या गरेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीका अनुसार शुक्रबार राति महानगरपालिका–५ मा पारिवारिक विवादका क्रममा भाइले हतियार प्रयोग गरि दाइको हत्या गरेका हुन्।

प्रहरी प्रमुख जिसीका अनुसार लागु पदार्थको लतमा फसेका ३१ वर्षीय भाइ साजन सिंहले ४२ वर्षीय दाइ भोला सिंहमाथि राति करिब साढे १० बजे आक्रमण गरेका हुन् गम्भीर घाइते भएका भोलालाई प्रहरीले उद्धार गरेर उपचारका लागि विराटनगर अस्पताल पुर्‍याएको थियो।

राति ११ बजेतिर चिकित्सकले मृत घोषित गरिदिएको प्रहरीले जनाएको छ । भोलाको घाँटीको दायाँ भाग, टाउको र देब्रे हातमा गहिरो चोट लागेको मोरङ प्रहरी प्रमुख जिसीले जानकारी दिए।

विवाहपछि सम्बन्ध विच्छेद गरिसकेका साजनकी पूर्व श्रीमतीलाई घरले समर्थन दिएर राखेको सन्र्दभमा सिंह परिवारमा विवाद हुँदै आएको थियो । स्थानीयका अनुसार गत वैशाखमा साजनको श्रीमतीसँग सम्बन्ध विच्छेद भइसकेको हो । मादक पदार्थ र लागुऔषध सेवन गरेर सधैँ घरमा झैझगडा तथा कुटपिट गर्न थालेपछि श्रीमतीले सम्बन्ध विच्छेद गरेको स्थानीयको भनाइ छ ।

तर साजनकी पूर्व श्रीमती सिंह परिवारको संरक्षणमा थिइन् । प्रहरीका अनुसार पूर्व श्रीमतीलाई परिवारका अन्य सदस्यले समर्थन गरेको भन्दै बारम्बार साजनले घरमा झगडा गरिरहेको पाइएको छ । त्यही विषयलाई लिएर विवाद गरिरहेको पाइएपछि साजनलाई सम्झाईबुझाई गर्न पुगेका दाजुकै हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।

मृतक भोलाका १६ वर्षमूनिका दुई छोरा र श्रीमती छन् । भोला राष्ट्रिय अनुसन्धान कार्यालय खोटाङका सूचकका रुपमा कार्यरत हबल्दार हुन्। उनी निषेधाज्ञाका क्रममा हेटौँडामा आवश्यक तालिम सकेर विराटनगर घर आएको कार्यालयका प्रमुख हीरा भट्टराईको भनाई छ।

भट्टराईका अनुसन्धानको इमान्दार कर्मचारीका रुपमा रहेका भोला सवारीसाधन बन्दका कारण खोटाङ जान पाइरहेका थिएनन्। भोला शुक्रबार बिहान एम्बुलेन्सबाट कार्यलय जाने तयारीमा थिए। अन्तिम समयमा एम्बुलेन्ससँग तालमेल नमिलेपछि उनी घरमै बस्न बाध्य भएका थिए।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports