Incident Reports

नागरिक आन्दोलनको प्रदर्शनमा प्रहरी हस्तक्षेप, नारायण वाग्लेसहित १७ जना पक्राउ

2021-07-11

Bagmati, Kathmandu, Kathmandu

काठमाडौंको सिंहदरबारबाट बृहत् नागरिक आन्दोलनका अभियन्ताहरू पक्राउ परेका छन्।बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चारै पदाधिकारीलाई पदमुक्त गरी नयाँ पदाधिकारी चयन गर्नुपर्ने माग गर्दै सिंहदरबारको दक्षिणीगेटमा प्रदर्शनमा उत्रिएका अभियन्ता नारायण वाग्लेसहित १७ जना पक्राउ परेका हुन्।

प्रतिष्ठानमा दलीय भागबण्डा नभई वस्तुगत मापदण्डका आधारमा पदाधिकारी नियुक्त गरिनुपर्ने उनीहरुको माग छ। पदाधिकारीले गरेको भ्रष्टाचारबारे बारम्बार समाचार आउँदा पनि कुनै छानबिन नगरी सम्बन्धित निकाय बेखबर रहेको उनीहरुको आरोप छ।

आइतबार बिहान ११ बजे 'सिंहदरबार मार्च'मा गएका अभियन्ताहरूलाई नियन्त्रणमा गरिएको महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रहरी नायब उपरीक्षक हरि बस्नेतले जानकारी दिए।उनका अनुसार अहिले सम्म नारायण वाग्ले, खगेन्द्र संग्रौला लगायत १७ जना अभियन्ता प्रहरी नियन्त्रणमा छन्।

उनीहरूहरूले निषेधित क्षेत्र तोडेपछि नियन्त्रणमा लिएको प्रनाउ बस्नेतले बताए। अभियन्ताहरूलाई प्रहरीले नगर प्रहरी कार्यालयमा राखिएको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Secondary Form Detention of Protesters
Primary Cause Other governance issues
Secondary Cause Freedom of Assembly
Actor 1 - Number of people 20
Actor 1 - Affiliations CSO/NGO
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments