Incident Reports

बहुविवाह गर्ने पतिविरुद्ध उजुरी l

2014-07-21

Madhes, Sarlahi, Kabilasi

जमुनिया गाविस-४ गोपीगञ्जका ४० वर्षीय मुक्तिप्रसाद चापागाईले दोस्रो विवाह गरेको भन्दै जेठी पत्नी २८ वर्षीया सकुन्तला चापागाईले बहुविवाहविरुद्ध साउन ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेकी छन् । आरोपित चापागाईले पत्नी र दुई छोरीहरू घरमा हुदाँहुदै ०७१ असार २७ गते स्थानीय २७ वर्षीय देवी चापागाईसँग विवाह गरेकोले कारबाहीको माग गर्दै पीडितले उजुरी गरेकी हुन् । उजुरीपछि जिल्ला प्रहरी कार्यालये मातहतका प्रहरीचौकी सेमरीमा पत्राचार गरी तत्काल आरोपीहरूलाई गिरफ्तार गर्न पत्राचार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सुवास गैरेले बताए । नारायण पराजुली

0 Comments

Related Reports
Related Trend Analysis