Incident Reports

बलात्कार मुद्दाका फरार युवक पक्राउ

2020-12-03

संखुवासभाको मादी नगरपालिकामा ३६ वर्षीय महिलालाई बलात्कार गरेर भागेका युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय चैनपुर र प्रहरी चौकी मादी राम्बेनीबाट खटिएको टोलीले संखुवासभाको मादी नगरपालिका–५ घर भएका ज्ञान बहादुर मोक्तानलाई पक्राउ गरेको हो ।

३१ वर्षीय मोक्तानले मादीकी ३६ वर्षीया महिलालाई २०७७ मंसिर १८ मा बलात्कार गरेका थिए । बलात्कार गरेको ८ महिनापछि आरोपीलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय चैनपुरका इन्सपेक्टर योगराज खतिवडाले रातोपाटीलाई बताए ।

घरमा एक्लै भएको समयमा ज्ञान बहादुरले जबर्जस्ती करणी गरेका थिए । पीडितले बलात्कृत भएको चार दिनपछि प्रहरीलाई खबर गरेकी थिइन् । आरोपीमाथि जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान शुरु गरिएको संखुवासभाका डिएसपी लालध्वज सुवेदीले बताए । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments