Incident Reports

शिशुको हत्या आरोपमा आमा र बाबुसहित चारजना पक्राउ – Online Khabar

2021-07-12

Province 1, Morang, Rangeli, Ward 5

२९ असार, विराटनगर । मोरङको रंगेलीमा शिशु हत्याको आरोपमा प्रहरीले उनकी आमासहित परिवारका चार जनालाई पक्राउ गरेको छ ।सोमबार राति जन्मिएकी छोरीको हत्या गरी पसलभित्र गाडेको आरोपमा शिशुको आमा र बाबुसहित चार जनालाई पक्राउ गरेको हो ।मोरङको रङ्गेली नगरपालिका-५ आँपगाछीकी २५ कि खुश्बु मण्डलले सोमबार राति करिब ८ बजे घरमै छोरी जन्माएकी थिइन् ।

खुश्बुका बुबा आमाले सञ्चालन गर्दै आएको मदिरा पसल भित्र शिशुको शव गाडेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । खुश्बुको घर र मदिरा पसल करिब पाँच सय मिटरको दूरीमा छ ।

घटना लुकाउन श्रीमान, र आमाबुबाको हात देखिएको प्रहरीको दाबी छ । इलाका प्रहरी कार्यालय रङ्गेलीले खुश्बु, उनका श्रीमान अरुण मण्डल, खुश्बुका बुवा नागेश्वर मण्डल र आमा उर्मिला मण्डल पक्राउ परेका छन् ।

पक्राउ परेका चारै जनालाई कर्तब्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको उनले बताए ।

प्रहरीका अनुसार खुश्बुका श्रीमान वैदेशिक रोजगारीका लागि मलेसियामा थिए र हालै घर फर्किएका थिए ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Infanticide
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media

0 Comments