Incident Reports

युवा संघका कार्यकर्ताले कोटेश्वरमा जलाए माधव नेपालको पुत्ला

2021-07-14

Bagmati, Kathmandu, Kathmandu, Ward 32

निवर्तमान प्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समर्थक युवा संघका कार्यकर्ताहरूले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरमा पुत्ला जलाएका छन्।बुधबार भक्तपुरको बालकोटस्थित ओली निवास पुगेका कार्यकर्ताहरू त्यहाँबाट फर्किएर कोटेश्वरमा भेला भएका हुन्।

अहिले उनीहरूले कोटेश्वर चोकमा पुगेर कोण सभा गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिए।त्यसै क्रममा उनीहरूले माधव नेपालको पुत्लासमेत जलाएका थिए। प्रहरी र प्रदर्शनकारीहरूबिच पुत्ला खोसाखोस भएको थियो।

उनीहरूलाई माधव नेपाल निवासतिर जानबाट रोक्न प्रहरी सुरक्षासमेत बढाइएको छ।प्रधानमन्त्री पदबाट मुक्त भएपछि केपी शर्मा ओलीलाई युवा संघका कार्यकर्ताहरूले बालुवाटारदेखि बालकोटसम्म मोटरसाइकल तथा गाडीले स्कर्टिङ गरेर पुर्‍याएका थिए। उनीहरूले नाराबाजी समेत गरेका थिए।

ओलीनिकट भक्तपुरका सासंद महेश बस्नेतले पनि केही कार्यकर्ताहरू कोटेश्वर गएको थाहा पाएको बताए। यद्यपी उनले त्यसो नगर्न भन्दै हपारिसकेको बताए।

'मैले पनि केही मान्छेहरू त्यहाँ गएको कुरा सुनें। उनीहरूलाई त्यसो नगर्न भनेर मैले हपारिसकेको छु,' बस्नेतले सेतोपाटीसँग भने।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Secondary Form Intervention at Protest
Primary Cause Contestation over Constitution and federal restructuring
Secondary Cause Freedom of Assembly
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments