Incident Reports

पतिले कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी l

2014-07-22

Sudurpashchim, Dadeldhura, Amargadhi, Ward 8

अमरगढी नगरपालिका-८ लटौली बस्ने ३३ वर्षीया उर्मिला सार्कीलाई ४२ वर्षीय पति प्रेम सार्कीले कुटपिट गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा ०७१ साउन ६ गते पति विरुद्ध उजुरी दिएकी छन् । उनका पतिले विभिन्न बाहना बनाएर पटक पटक कुटपिट गर्दै आएको र ०७१ साउन ६ गते कुटपिट गर्दा उर्मिला सार्कीको पिठ्यूँ र हातमासमेत चोट लागेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । उनको उपचार उपक्षेत्रीय अस्पताल डडेल्धुरामा गरिएको छ । राजेन्द्र ठगुन्ना

0 Comments

Related Reports
Related Trend Analysis