Incident Reports

हत्या अभियोगमा कञ्चनपुरमा एक जना पक्राउ

2021-07-14

३१ असार, काठमाडौं । बाँसको डण्डा प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले कञ्चनपुरको भीमदत्त नगरपालिकाबाट एक जनालाई पक्राउ गरेको छ ।भीमदत्त नगरपालिका–१० तिल्केनीका ४२ वर्षीय वीरराम लुहारको हत्या गरेको अभियोगमा सोही ठाउँका २२ वर्षीय गिरधारी लुहारलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।आपसी झगडाका कारण गिरधारीले बाँसको डण्डा प्रहार गर्दा वीरराम गम्भीर घाइते भएको खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र प्रहरी चौकी जिमुवाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।गम्भीर घाइते भएका वीररामको महाकाली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports