Incident Reports

झापाको गौरादहमा एक महिला मृत फेला

2021-07-15

Province 1, Jhapa, Gauradhaha

३१ असार, दमक । झापाको गौरादह नगरपालिका–१ गेउरियाचोक नजिकै एक महिला मृत अवस्थामा फेला परेकी छन् । ३९ वर्षीया संगीता टुडु मृत अवस्थामा बिहीबार बिहान फेला परेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक अनिल माबोहाङले जानकारी दिए ।मृतकका श्रीमान् भने फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

...

झापा : झापाको गौराहदमा श्रीमानको कुटपिटबाट एक महिलाकाे मृत्यु भएको छ। कुटपिटबाट मृत्यु हुनेमा मोरङ रङ्गेली नगरापालिका– ९ बेलगाछी घर भई झापा गौरादह नगरपालिका– १ गेयुरिया बस्ने ४० वर्षीया सङ्गीता टुडु छिन्।

जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले सङ्गीताको शव गौरादह– १ स्थित उधिम कृषि सहकारीले खेतमा बनाएको टहरामा बिहीबार बिहान फेला परेको जानकारी दिए।

प्रहरीका अनुसार ३९ वर्षीय उत्तिम ऋषिदेव र सङ्गीताबीच घरायसी विवाद भएकाे खुलेकाे छ। कुटपिटका क्रममा उनकाे साेही टहरामा मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेकाे डिएसपी थापाले बताए। घटनामा संलग्न उत्तिम फरार रहेकोले खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments