Incident Reports

किशोरीलाई करणी गरेको आरोपमा २६ वर्षीय युवक पक्राउ

2021-03-25

Lumbini, Rupandehi, Butwal, Ward 11

बुटवल : बुटवलमा एक बालिकालाई करणी गरेको आरोपमा २६ वर्षीय युवक पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल ११ बुद्धनगरका सुरज परियार पक्राउ परेका हुन्।

बैद्धिक अपाङगता रहेकी १४ वर्षीया किशोरीलाई गत चैत्र १२ गते बुटवल बुद्धनगरमा रहेको दिदीको घरमा आएको बेला छिमेकी परियारले बलात्कार गरेको आभियोगमा बुधवार साँझ पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख मदन कुँवरले जानकारी दिए।

‘घटना चैत १२ गते रहेछ,’ प्रहरी प्रमुख कुँवरले भने, ‘पीडित बालिकाका परिवारले हिजो प्रहरीमा उजुरी गरेपछि मात्रै थाहा भयो।’

पीडित परिवारले प्रहरीमा उजुरी गरेलगत्तै बुधवार साँझ नै आरोपित युवालाई पक्राउ गरिएको कुँवरले बताए। जबरजस्ती करणीको सिकारबाट बालिका गर्भवती समेत भएको उनकी दिदीले बताइन्। आरोपित युवालाई पक्राउ गरि घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments