Incident Reports

कुटपिटका आरोपित पतिविरुद्ध मुद्दा दर्ता l

2014-07-22

Madhes, Saptari, Mahadeva

बर्साइन गाविस-३ घर भई बथनाहा गाविस-६ स्थित माइतघरमा बस्ने २९ वर्षीया कोमलदेवी राउतले निजका पति ३० वर्षीय नारायणप्रसाद राउतविरुद्ध जिल्ला अदालतमा साउन ६ गते मुद्दा दर्ता गराएकी छन् । हनुमाननगर बजारबाट किनमेल गरी फर्किरहेको बेला इनरुवा गाविस पश्चिम रहेको चन्द्र नहर नजिक बाटोमा आरोपितले असार ५ गते बाँसको भाटाले निर्घात कुटपिट गरेको भन्दै पीडितले कुटपिट मुद्दामा कारबाहीको माग गर्दै मुद्दा दर्ता गराएकी हुन् । पीडितले आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा असार ८ गते लिखित उजुरी दिएपछि असार १२ गते छलफल भएको थियो । पीडितको राजविराजस्थित अञ्चल अस्पतालमा असार ८ गते घाउजाँच भएको थियो । आरोपितविरुद्ध अंश दर्ता र जालसाज मुद्दा चलाएको रिसमा आरोपितले कुटपिट गरेको पीडितका बुबा दयाराम राउतले बताए । आरोपितले घरमा बस्न नदिएपछि पीडित १० वर्षीया छोरी र ८ वर्षीय छोरासहित जेठ ७ गतेदेखि नै बथनाहा गाविस-६ स्थित माइत बस्दै आएकी थिइन् ।

0 Comments

Related Reports
Related Trend Analysis