Incident Reports

बाबुको हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ

2021-07-17

Bagmati, Kabhrepalanchok, Bhumlu, Ward 9

प्रहरीले आफ्नै बाबुको हत्या गरेको आरोपमा एक पुरुषलाई पक्राउ गरेको छ । ७० वर्षीय कमान सिंह तामाङलाई कुटपिट गरी हत्या गरेको अभियोगमा भुम्लु गाउँपालिका ९ धेरैनी बस्ने ४० वर्षीय सत्य भन्ने दुर्गा तामाङलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो । दुर्गाले कुटपिट गर्दा कमान सिंहको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।  कमानसिंहको हत्या भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी दोलालघाटबाट खटिएको प्रहरी टोलीले दुर्गालाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments